कार्यसम्पादनका आधारमा सर्वोत्कृष्ट भएको नेपाल शिक्षक सङ्घ सोलुखुम्बुलाई प्रदेश कार्य समितिद्वारा सम्मान

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु, चैत १९ । कार्यसम्पादनका आधारमा सर्वोत्कृष्ट भएको नेपाल शिक्षक सङ्घ सोलुखुम्बुलाई कोशी प्रदेश कार्यसमितिले सम्मान गरेको छ । आज मंगलबार कोशी प्रदेश कार्यसमिति विराटनगरले कार्य सम्पादनका आधारमा सर्वोत्कृष्ट भएको नेपाल शिक्षक सङ्घ सोलुखुम्बुलाई सम्मानपत्र र दोसल्लाबाट छैठौं प्रतिनिसभामा सम्मान गरेको हो ।

उक्त सभाका प्रमुख पूर्व मुख्य मन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका प्रदेश सभापति माननीय उद्धव थापा लगायत कोशी प्रदेश नेपाल शिक्षक संघका अध्यक्ष तेज प्रसाद चौलागाई लगायत अन्य अतिथिहरुले सोलुखुम्बु जिल्ला अध्यक्ष राईलाई सम्मान गर्नु भएको हो ।

कोशी प्रदेशका जिल्लाहरु मध्य सोलुखुम्बु कार्य सम्पादनका आधारमा, पहिलो हुन सफल भएको नेपाल शिक्षक सङ्घ सोलुखुम्बुका अध्यक्ष मदन कुमार राईले बताउनुभयो ।

कोशी प्रदेशका १४ जिल्ला मध्ये सोलुखुम्बु मात्रै सम्मान हुनु खुसीको कुरा भएको बताउदै उक्त सम्मानले आफूहरुलाई काम गर्न थप उर्जा मिलेको उहाँको भनाइ रहको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार