सोलुखुम्बु, चैत १९ । खोटाङको रावा बेसी गाउँपालिकामा १७ गतेबाट सुरु भएको तीन दिने यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धीे पुनर्ताजगी तालिम आजबाट सम्पन्न भएको छ । इको हिमाल नेपाल र रावा बेसी गाउँपालिकाको साझेदारीमा उक्त तालिम सम्पन्न भएको होे ।
लैङ्गिकमैत्री हिमालयन विद्यालय परियोजना अन्तर्गत वार्षिक कार्ययोजना बमोजिम स्थानीय विद्यालयका शिक्षकहरूको लागी तालिम दिइएको हो । ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यौन तथा प्रजनन स्वास्थ्य सचेतना विषयक तालिम पालिकाको सभाहल दिइएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो । ।
रावा बेसी गाउँपालिका भित्रका आधारभूत विद्यालय कक्षा ६–८ र माध्यमिक विद्यालय कक्षा ९–१२ सन्चालन भएका विद्यालयका एक जना किशोरी संरक्षक शिक्षक र एक जना सामाजिक वा स्वास्थ्य शारीरिक अध्यापन गराउने शिक्षक गरी जम्मा २५ जना शिक्षकहरुलाई तालिम दिइएको हो ।
तालिमको सहजिकरण स्वास्थ्य अभियानकर्ता बिजु बराल र इको हिमाल नेपालका स्वास्थ्य परियोजना कार्यक्रम अधिकृत गोमा शर्माले गर्नुभएको इकोहिमाल नेपालका कृषि प्राविधिक रोशन खड्काले बताउनुभयो ।
तालिमको उद्घाटन रावा बेसी गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङले गर्नु भएको थियो । उक्त तालिमको उद्घाटन कार्यक्रममा रावा बेसी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख युवराज बिष्ट लगायतको उपस्थिति रहेको थियो ।