सोलुखुम्बुको सोताङको एक निजि जंगलमा आगलागी, स्थानीय र प्रहरीद्वारा नियन्त्रण

  हिमाल समाचार
70 Shares

सोलुखुम्बु, चैत १९ । सोलुखुम्बुको सोताङको एक निजि जंगलमा आगलागी भएको छ । आज मंगलबार दिउँसो २ बजेर ५० मिनेटको समयमा सोताङ गाउँपालिका ५ शिवटार बस्ने चन्द्र बहादुर बस्नेतको निजि जङ्गलमा आगलागी भएको हो ।

आगलागीको बारेमा जानकारी पाउने वित्तिकै इलाका प्रहरी चौकी सोताङबाट खटिएको प्रहरीको टोली, दमकल र स्थानिय बासीहरुको सहयोगमा उक्त अपराह्न ४ बजेर ४५ मिनेटको समयमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिइएको छ

। आगलागीका कारण अन्दाजी २/३ रोपनी जङ्गलको झारपात तथा स–साना बोट बिरुवा जली नष्ट भएको र अन्य मानविय क्षति नभएको प्रहरीले जनाएको छ । आगालगीको कारण खुल्न बाँकी रहको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार