सोलुखुम्बु, चैत २० । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा आगलागी भएको छ । नेचासल्यान गाउँपालिका –५ खालिङ गाउँ बस्ने सर्वधन राईको घरमा मंगलबार बेलुका ९ः २५ बजे आगलागी भएको हो ।
राईको ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तल्ले घरमा आगलागी हुँदा लाखौंको क्षती भएको जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुले जनाएको छ । आगलागीको जानकारी पाउना साथ इलाका प्रहरी चौकी नेचा गएको प्रहरी र स्थानीयसहित अन्दाजी ४०/४५ जनाको टोलीले आगो पूर्ण रुपमा नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।
उक्त आगालगीबाट घर सँगै घर भित्र भएका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २ तोला चादींँ, १ वटा कुखुरा पुर्ण रुपमा जलेर खरानी भएको छन् । यद्यपी मानवीय घटना भने नभएको प्रहरीले जनाएको छ