सगरमाथा आधारशिविरमा एक श्रमिकको मृत्यु

  हिमाल समाचार
658 Shares

सोलुखुम्बु, २० चैत । सगरमाथा आधारशिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा दोलखाको गौरीशंकर गाउँपालिका-९ निवासी ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए।

चैत १७ गते साँझ करिब ७:३० बजे अचानक बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ ।

शेर्पालाई लेक लागेर मृत्यु भएको हुन सक्ने स्थानीय जानकारले बताएका छन् ।

शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौं लगिएको थियो ।

पोष्टमार्टम पश्चात चैत १९ गते मृतकको शव उनका भतिजा पेमा छिरी शेर्पाले बुझी लगेका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार