सोलुखुम्बु, चैत २० । खोटाङको रावा बेसी २ का कांग्रेस सभापति भक्त बहादुर राईमाथि विद्यालयका एक कर्मचारीले कुटपिटको आरोप लगाएका छन् । रावा बेसी गाउँपालिका २ मा रहेको कालिका आविका कर्मचारी शान्ती नारायण नेपालीले आफूलाई कुटपिट गरेको आरोप लगाएका हुन् ।
सभापति राईले अराजक शैलीमा मंगलबार विद्यालयमा वि.व्य.स को बैठक चलिरहेको बेलामा आफूलाई कुटपिट गरेको नेपालीले आरोप लगाएका हुन् । बैठकको समयमा केही पनि काम नगरेको आरोप लगाउदै नेपालीलाई कुटपिट गरेको पिडित नेपालीले शिक्षक महासंघ रावा बेसीलाई जानकारी गराएको पत्रमा उल्लेख गरेका छन् ।
सभापति राईले गलत्याएको, आँखाको नजिक, पाखुरा र औंलासम्म चोट लागेको जानकारी गराएको पत्रमा उल्लेख गरेका छन् । उक्त विषयमा विद्यालयका प्रधानाध्यापक गंगा घिमिरेसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
यता शिक्षक महासंघ रावा बेसीका अध्यक्ष भूपराज पोखरेले बताए अनुसार घटनामा संग्लनलाई सत्य तथ्य छानविनको माग गर्दै दोषीलाई कारबाही गर्न र निदोर्षलाई न्यायका लागि विज्ञप्ती निकालिएको छ ।
यद्यपी नेपालीलाई आफूले कुटपिट नगरेको र नेपालीले आरोप लगाएको कांग्रेस वडा सभापति राईले बताउनुभयो । राईका अनुसार विद्यालयमा नपढाएको विषयमा छलफलमा गरि रहेको बेलामा नेपालीले टेवल ठोकेर राजिनामा दिने भन्दै अपशब्द बोल्न थालेका बताइएको छ ।