सोलुखुम्बुको थुलुङ दुधकोशी ९ का तामाङको घरमा आगलागी, नगदसहित घर खरानी

  हिमाल समाचार
287 Shares

सोलुखुम्ब, चैत २० । सोलुखुम्बुको थुलुङ दुधकोशी ९ का श्रीमान तामाङको घरमा आगलागी भएको छ । थुलुङ दुधकोशी गाउँपालिका ९ का तामाङको घरमा आज बुधबार बिहान ११  बजे आगलागी भएको हो ।

आगलागीबाट तामाङको घरमा भएको नगद १५ हजारसहित जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चित्राको बेरा र चित्राकै छानो भएको भुँई तले घरमा भएको आगलागीबाट घर भित्र रहेको लत्ता कपडा, भाडाबर्तन, अन्नपात र उक्त नगदसहित ९ वटा कुखुरा पुर्ण रुपमा जलेर खरानी भएका छन् ।

अस्थायी प्रहरी चौकी सुकेपोखरीबाट गएको प्रहरीको टोली र स्थानियबासीहरुको सहयोगमा दिउँसो १२ः४० बजेको आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समय दैनिक जसो आगालागीका घटनाहरु भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार