सोलुखुम्ब, चैत २१ । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा २० वटा विद्यामा यहि चैत २७ गतेबाट गाउँपालिका अध्यक्षकप हुने भएको छ। चम्पादेवी गाउँपालिकाको आयोजनामा उक्त विद्यामा गाउँपालिका अध्यक्षकप हुने भएको हो ।
पालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत युवा तथा खेलकुद शाखाले गाउँपालिका अध्यक्ष कप २०८१ विभिन्न विद्यामा सञ्चालन हुने भएको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।
खुल्ला अन्तरपालिका पुरुष भलिवल, खुला घोडा दौड, चम्पादेवी गाउँपालिका भित्रका वडा स्तरीय महिला भलिवल, महिला तथा पुरुष तान डोरी, घैँटो फुटाउने, म्युजिकल चियर, महिला पुरुष भाले झिक्ने र गोरु जुधाई प्रतियोगिता आयोजना गरिनेछ ।
यस्तै महिला पुरुष सट पुट, महिला पुरुष ४ सय र १ सय मिटर दौड, जीवन साथी बोकेर दौडने, हाजिरी जवाफ प्रतियोगिता, समृद्ध चम्पादेवी गाउँपालिका निर्माणमा पर्यटन तथा व्यवसायको महत्व र सम्भावना विषयक वक्तित्वकला र लोक दोहोरी प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
champa devi sports pdf
खुला अन्तरपालिका पुरुष भलिवलमा प्रथम, द्धितिय, तृतीय र सान्त्वन हुने टिमलाई क्रमशः २ लाख, १ लाख ५० हजार १ लाख र ५० हजार, खुला घोडा दौडमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश : ३० हजार, २० हजार १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने छ ।
यस्तै चम्पादेवी गाउँपालिका भित्रका, वडा स्तरीय महिला भलिवल प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार र १० हजार, तान डोरी महिला तथा पुरुष प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश : २० हजार, १२ हजार ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिने छ ।
यस्तै गोरु जुधाई प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश : २० हजार, १० हजार, ५ हजार र १ हजार, म्युजिकल चियर प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार, घैँटो फुटाउने प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, महिला तथा पुरुष भाले झिक्ने प्रतियोगितामा प्रथम हुनेलाई ५/५ हजार पुरस्कार वितरण गरिने छ ।
महिला तथा पुरुष सट पुटमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश : ३ हजार, २ हजार, १ हजार र पाँच सय, महिला तथा पुरुष ४ सय तथा १ सय मिटर दौड प्रतियोगिता तथा जीवन साथी बोकेर दौडने प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश : ५ हजार, ३ हजार, २ हजार र १ हजार साथैै, जीवन साथी बोकेर दौडने प्रतियोगितामा तोकिएको विन्दुबाट १ सय मिटर दुरी पुरा गर्ने सबै सहभागीलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।
यस्तै हाजिरी जवाफमा लोक दोहोरीमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश : १० हजार, ७ हजार, ५ हजार र ३ हजार, वक्तित्वकला प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश : ५ हजार, ३ हजार, २ हजार १ र साथमा उत्कृष्ट खेलाडीलाई ५ हजार, बेस्ट स्पाईकर, ब्लकर, सेटर लिब्रो, सर्भर र कोचलाई नगद रु २ हजार ५ सय रुपैयाँ प्रदान गरिने शिक्षा शाखा प्रमुख मनोज भट्टराईले बताउनुभयो ।
चम्पादेवी गाउँपालिका–९, डल्ली डाँडाको खेल मैदानमा चैत्र २७ देखि ३० गते सम्म खेल हुने बताइएको छ । साथै उक्त खेल सञ्चालन हुने स्थानबाट आधा घण्टाको मोटर बाटो प्रयोग गरेर जिल्लाकै प्रमुख धार्मिक स्थल, चम्पादेवी मन्दिर ककनीको समेत दर्शन गर्न सकिने आयोजकले जनाएको छ ।