मकालु बरुण राष्ट्रिय निकुञ्जद्वारा महाकुलुङ गाउँपालिकामा २९ लाख ५० हजार बढी राहत प्रदान

  हिमाल समाचार
0 Shares

सोलुखुम्ब, चैत २१ । मकालु बरुण राष्ट्रिय निकुञ्जले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २९ लाख ५० हजार बढी राहत प्रदान गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को अवधीमा २९ लाख ५० हजार ३ सय रुपैयाँ राहत वितरण गरेको हो । उक्त राहत गाउँपालिकामा भएका मानवीय क्षति ३, पशुधनमा भएको क्षति १३ र बालीका क्षति ६० भएको मकालु बरुण राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत भूमीराज उपाध्यायले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा आज भएको समन्वय बैठकमा निकुन्जको गतिविधि तथा वन्यजन्तुबाट भएको जनधन क्षतिको राहत उपलब्ध गराइने, निकुन्ज भित्र सुख्खायाममा लाग्ने वन डढेलो तथा हुन सक्ने वनजन्य अपराध नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्याउने सम्बन्धमा र निकुन्ज कार्यालयको नाउमा बुङ सेक्टर कार्यालय तथा कर्मचारी आवासगृह रहेको जग्गाको जग्गा धनि प्रमाण पुर्जा उपलब्ध गराउने सम्बन्धमा छलफल गरिएको थियो ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज, बुङ सेक्टर कार्यालयको आवास गृह भएको नविन कुमार राईको नाममा दर्ता कायम रहेको कित्ता नं. २२९२ क्षेत्रफल १८५५ बर्गमिटर मध्येबाट मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालयको नाममा ९२ बर्गमिटर क्षेत्रफल हुने गरि जग्गा धनिपुर्जा प्राप्त भइसकेको पनि जानकारी गराइएको थियो ।

यस्तै बाँकी जग्गाहरु कित्ता नं. ४३६, २२९३ लगायत मध्येबाट समेत मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालयको नाममा श्रेष्ता कायम हुने गरि जग्गा धनी प्रमाणपत्र पुर्जा प्राप्त गराउनको लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल, समन्वय र अनुरोध गर्ने निर्णय गरिएको मकालु बरुण राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत उपाध्यायले बताउनुभयो ।

उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले एक अर्कामा समन्वयको भूमिका महत्वपूर्ण हुुने भएकाले समन्वय गरेर काम गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी घिमिरे, महाकुलुङ गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, मकालु बरुण राष्ट्रिय निकुञ्जका कर्मचारीहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, तीन वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि लगायतकोे उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार