मन्थली फाप्लु उडान सुरु, बर्षौपछि फाप्लुमा उडानको चाप

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्ब, चैत २२ । रामेछापको मन्थलीदेखी सोलुखुम्बुको फाप्लुमा उडान सुरु भएको छ । लुक्ला विमानस्थलमा मौसममा प्रतिकुल भएसँगै आज शुक्रबारबाट मन्थली फाप्लु उडान सुरु भएको हो ।
फाट्टफुट्ट मात्र उडान हुँदै आएको फाप्लु विमानस्थलमा बर्षौपछि उडानको चाप बृद्धि भएको छ । लुक्ला विमानस्थलमा मौसख खराब हुँदा फाप्लुमा उडान वृद्धि भएको हो ।

काठमाण्डौंबाट गाडी मार्फत रामेछापको मन्थली विमानस्थलमा भएका पर्यटकलाई फाप्लु विमानस्थलमा ल्याइएको फाप्लु विमानस्थलका निमित्त कार्यालय प्रमुख आयुस थापाले बताउनुभयो । मन्थलीमा रहेका पर्यटकहरु फाप्लुमा जहाज मार्फत आएका र उनीहरुलाई फाप्लुदेखी गाडीमा खुम्बु क्षेत्रमा पठाइने उहाँले बताउनुभयो ।

आज एकैदिन जहाज र हेलिकप्टरले १३ उडान गरिसकेको नेपाल उड्डन प्राधिकरण फाप्लुले जनाएको छ । लुक्लामा उडान बन्द हुँदा खेरी मन्थलीमा अलपत्र परेका पर्यटकहरु फाप्लुमा आँउदा होटल व्यवसायीलाई समेत फाइदा हुने देखिएको छ ।

यो सँगै सवारीहरु चलकहरुले पनि फाप्लुमा आएका पर्यटकलाई खुम्बु पासाङल्हामु गाउँपालिका २ सुर्केसम्म गाडी मार्फत लैजान सकिने भएकाले यातयात क्षेत्रमा समेत फाइदा पुग्ने बताएका छन् । सुर्केसम्म पुगेका पर्यटकहरु भने केहि घण्टाको पैदल यात्रा मार्फत लुक्ला पुग्न सक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार