सोलुखुम्बुको रनेम सामुदायिक वनमा आगोलागी, स्थानीय र प्रहरी खटिए आगो नियन्त्रणमा

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु, चैत २२ । सोलुखुम्बुको रनेम सामुदायिक वनमा आगोलागी भएको छ । आज शुक्रबार जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ८ मा रहेको उक्त सामुदायिक वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

दिउँसो १ बजेर १५ मिनेट तिर आगो लागेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुक्लीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको टोली आगलागी भएको स्थानमा गएका थिए । स्थानीय र प्रहरीसहित ३०/३५ जना भएर आगो नियन्त्रणको प्रयास गरिरहेका सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले बताउनुभयो ।

आगोले तत्काल भने गाउँ बस्ती भेट्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ । सोलुखुम्बुमा पछिल्लो समयमा दैनिक जसो आगलागीका घटनाहरु भइरहेका छन् ।

आगो लगाउने व्यक्ति कोही कसैले थाहा पाएको खण्डमा जानकारी गराइदिन समेत प्रहरीले स्थानीयलाई आग्रह गरेको छ । आगो लगाउने व्यक्तिको पहिहचान हुन नसक्दा आगालागीका घटना बढ्नु मुख्य कारण रहेको नागरिकहरुले आकलन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार