सोलुखुम्ब, चैत २२ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगर्त सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका ४० जनालाई तालिम प्रदान गरिने भएको छ । चालु आर्थिक वर्षमा नगरपालिका भरबाट छनोट भएका ४० जनालाई तालिम प्रदान गरिने भएको हो ।
आज शुक्रबार उद्योग वाणिज्य संघको कार्यालयमा नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले ५० दिने तालिमको ब्यानर पढेर उद्घाटन गर्नु भएको हो । तालिमको सहजिकरण ग्रामिण क्षेत्र पर्फेक्ट म्यानपावर जे.भी सल्लेरीले गर्ने भएको छ ।
उद्घाटन तालिमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम कुनै नौलो कार्यक्रम नभएकाले पछिल्लो समयमा सिपको विकास र क्षमतावान तथा आत्मनिर्भर बताउने लक्ष्य रहेको बताउनुभयो । यस्तै यही कार्यक्रमले पछिल्लो समयमा नगरपालिकामा बेरोजगार भएका व्याक्तिहरुको संख्यामा समेत कमी आएको मेयर शेर्पाले बताउनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख गान्धीमाया तामाङले यस तालिमबाट सिकेको सिप जिवनभर प्रयोग हुने भएकाले ध्यान दिएर सक्नु पर्ने उहाँले बताउनुभयो । सिप सँगसँगै उहाँले कामलाई निरन्तरता दिने भएकाले जुनसुकै ठाउँमा जाँदा पनि सहजै रोजगार पाउने उपप्रमुख तामाङले बताउनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत टुक्ति शेर्पाले सिपले मानिसलाई रोजगारी बनाउने भएकाले नगरभित्र उपभोक्ता समितिबाट हुने काममा समेत प्रयोग गर्न सकिने उहाँको भनाइ रहेको छ । तालिममा सिकेको सिप आफ्नो लागि भएकाले सोही अनुसार तन, मन र ध्यान दिएर सिक्न अनुरोध गर्नुभयो ।
यस्तै नगर प्रवक्ता एवं वडा नम्बर ६ का वडाध्यक्ष फूर्वा ग्याल्जेन शेर्पाले नगरपालिका भित्र रहेका जोकोहीलाई रोजगारीको सिर्जना गर्दै आएकाले बेरोजगारीको अन्त्य हुने अवस्था आएको बताउनुभयो । ५० दिनको तालिममा सिप सिकाएर रोजगारी व्यवस्था गरिने उहाँको भनाइ छ ।
साथै आगामी दिनहरुमा समेत सहकार्य गर्ने नगर प्रवक्ता एवं वडा नम्बर ६ का वडाध्यक्ष शेर्पाले बताउनुभयो । सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा हुने तालिममा ग्रामिण क्षेत्र पर्फेक्ट म्यानपावरका इन्जिनियरले सहजिकरण गर्ने जनाइएको छ ।