मन्थली–फाप्लु उडान सुचारु , एकै दिन भित्रिए १०४ पर्यटक सोलुखुम्बु

  नवराज सिग्देल
266 Shares

रामेछापको मन्थलीदेखी सोलुखुम्बुको फाप्लुमा बर्षौपछि उडान सुचारु भएको छ । लुक्ला विमानस्थलमा मौसममा प्रतिकुल भएसँगै आज शुक्रबारबाट मन्थली फाप्लु उडान सुरु भएको हो । उडान सुचारु भएसँगै एकैदिन १ सय ४ जना पर्यटक सोलुखुम्बु आइपुगेका छन् । उनीहरु सिता, समिट, तारा र नेपाल एअरलाइन्सको जहाज मार्फत सोलुखुम्बु आइपुगेका नेपाल उड्डन प्राधिकरण फाप्लुका निमित्त कार्यालय प्रमुख आयुस थापाले बताउनुभयो ।

आज एकैदिन ८ जहाजको र १३ हेलिकप्टरको गरेर २० उडान भएको उहाँले बताउनुभयो । यस्तै फाप्लुमा आएका पर्यटक मध्ये ६० जना हेलिकप्टर मार्फत लुक्ला पुगेको फाप्लु विमानस्थलले जनाएको छ ।

लुक्लामा मौसम प्रतिकुल रहुनजेलसम्म काठमाण्डौंबाट गाडीको यात्रा गरेर मन्थली आएका पर्यटकलाई फाप्लुमा ल्याइने र फाप्लुबाट पुन लुक्लामा मौसम खुले पश्चात जहाजले लुक्ला विमानस्थलमा पर्यटक लैजाने नेपाल उड्डन प्राधिकरण फाप्लुले जनाएको छ ।

यसरी नै मन्थलीबाट फाप्लुमा नियमित उडान भएमा मन्थलीमा अलपत्र परेर पर्यटकले बस्नु पर्ने बाध्यताको अन्त्य हुने सोलुखुम्बु बासीले बताएका छन् । मन्थलीमा प्रयाप्त होटल तथा रेष्टुरेन्ट नहुँदा पर्यटकहरुलाई बास बस्न समेत गारो हुने गरकाले अबका दिनमा यसको अन्त्य हुने विश्वास लिइएको छ ।

साथै यसरी सोलुखुम्बु भित्रिएका पर्यटकले सोलुखुम्बु बासीलाई खुसी तुल्याएको छ । सोलुखुम्बु भित्रिएका पर्यटकहरु गाडीको बाटो भएर खुम्बु पासाङल्हामु गाउँपालिका २ सुर्केसम्म सहजै पुग्न सक्छन् । यस्तै सुर्केबाट पैदल हिनेका पर्यटक केही घण्टाको यात्रामा नै रमणीय दृश्य नियाल्दै लुक्ला पुग्छन् ।

सोलुखुम्बु भित्रिएका पर्यटकबाट होटल व्यवसायी तथा यातायात व्यवसायीहरुलाई समेत आर्थिक रुपमा फाइदा पुग्ने देखिन्छ । यसरी नै दैनिक रुपमा पर्यटक आउने हो भने देखी केहि दिन अगाडीसम्म सुनसान रहेका फाप्लु विमानस्थल र होटल तथा रेष्टुरेन्टमा चाप बढ्न सकिने अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार