सोलुखुम्बु, चैत २३ । सोलुखुम्बु लिखुपिकेको सेटेमा आगलागी हुँदा २ रोपनी क्षेत्रका बोट विरुवा खरानी भएका छन् । शुक्रबार भएको आगलागीबाट लिखुपिके गाउँपालिका ५ का पासाङ लुला शेर्पाले आफ्नै बारीमा मालिङ्गोको झ्यास जलाउने क्रममा आगलागी हुँदा उक्त क्षती भएको जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले जनाएको छ ।
शुक्रबार ४ बजेर १५ मिनेट तिर भएको आगलागीलाई १ घण्टाको पेरी फेरीमा प्रहरी चौकी किन्जाबाट गएको प्रहरीको टोली र स्थानीयबासीले पूर्ण नियन्त्रणमा लिएका थिए । आगलागीबाट स–साना बोटबिरुवा तथा झ्यासहरु जलेर खरानी भए पनि मानविय क्षति नभएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
– फायल फोटो