सोलुखुम्बु, चैत २३ । नेपाल आदिवासी जनजाति युवा महासंघ नेपालले आफ्नो छैठौं संघीय महाधिवेशन ओखलढुंगामा आयोजना गर्ने भएको छ । यो महाधिवेशन यही बैशाख ६ गते शनिवार हुने आयोजकले जनाएको छ ।
“पहिचान, अधिकार सहितको समृद्धी र रोजगारीको लागि हाम्रो अभियान, न्याय, समानता, समावेशी, युवा नेतृत्वको लागि छैठौं संघीय महाधिवेशन“ भन्ने मुल नाराका साथमा महाधिवेशन हुने संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।
महाधिवेशनको खुला सत्र ओखलढुंगा सदरमुकामस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने छ भने बन्द सत्र ओखलढुंगा कै रमाइलोडाँडास्थित पाथीभरा होटलमा हुने आदिवासी जनजाति युवा महासंघ नेपालका केन्द्रीय सदस्य तथा महाधिवेशनका व्यवस्थापन संयोजक सुवास तामाङले बताउनुभएको ।
उक्त महाधिवेशनमा देशभरबाट ३ सय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने भएको छ । महाधिवेशनले आदिवासी जनजाति युवाहरूको पहिचान, अधिकार, समृद्धि र रोजगारीका मुद्दाहरूलाई प्राथमिकता दिनेछ ।
यसले न्याय, समानता र समावेशीतालाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । महाधिवेशनबाट महांसघको नयाँ नेतृत्व समेत चयन हुने आयोजकले जनाइएको छ ।