सडकमा बसेर निरन्तर आन्दोलन हुन्छ : नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष मदन कुमार राई

  नवराज सिग्देल
1k Shares

सोलुखुम्बु, चैत २३ । माग पुरा नभएसम्म सडकमा बसेर निरन्तर आन्दोलन हुने नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष मदन कुमार राईले बताउनु भएको छ । गत २० गतेदेखी शिक्षकहरुले काठमाण्डौंमा गरेको आन्दोलनको आज चारौ दिन भएको र अझै पनि निरन्तर सडकमा बसेर आन्दोलन गर्ने बताउनुभयो ।

हिमाल एफ.एमसँग कुराकानी गर्दै अध्यक्ष राईले पटक पटक सहमति गरिएको तर कार्यान्वयन नभएकाले कार्यावहाक प्रधानमन्त्रीले बोलाएको वार्तामा आफूहरु नगएको बताउनुभयो । वार्ताको सम्झौताकम उल्लेख भएको ऐनलाई तत्काल विशेष अधिवेशन वा अध्यायदेश ल्याएर भए पनि सरकारले शिक्षकको माग पुरा गर्नु पर्ने अध्यक्ष राईले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली विदेशको भ्रमण सकेर स्वदेश आइसकेकाले प्रधानमन्त्रीले शिर्ष नेताहरुसँग छलफल गरेपश्चात आन्दोलनको मोडालिटी चेन्जसमेत हुन सक्ने उहाँले बताउनुभयो ।

हाल दैनिक १ लाख ५० हजार भन्दा बढी शिक्षकहरु आन्दोलनमा रहेका र देशको ७७ वटै जिल्लाबाट शिक्षकहरु आउने क्रम भएकाले ४ लाख शिक्षकले सहभागी जनाउने उहाँले बताउनुभयो । ७७ वटै जिल्लाका शिक्षक कर्मचारी आम हड्टालमा उत्रिने पनि अध्यक्ष राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार