सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा माओवादी केन्द्रको वडा समिति गठन, अध्यक्षमा फूयल

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु, चैत २३ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा नेकपा माओवादी केन्द्रको वडा समिति गठन गरिएको छ । आज शनिबार दोस्रो वडा सम्मेलनबाट सबिन फूयलको अध्यक्षमा १७ सदस्यीय वडा समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा सुदिप राई, भीम ढुंगेल र रोहित नेपाली (राजन), सचिवमा यानु राई, सह सचिवमा गुणराज कटेल र घट्टराज खड्का यस्तै कोषाध्यक्षमा भुजा नेपालीलाई सर्वसहमत गरिएको छ । यसैगरी सदस्यहरुमा बाल कुमार राउत, कृष्णप्रसाद बास्तोला, एकराज कटेल, खिलनाथ कटेल, साबित्रा कालिकोटे, राजन कटेल, एन्टिप्रसाद कटेल, हिरा खड्का र पर्शुराम आचार्यलाई चयन गरिएको छ ।

वडा सम्मेलन आयोजक समितिका संयोजक बम बांस्तोलाको अध्यक्षता, गाउँपार्टी इन्चार्ज केशर राईको प्रमुख आतिथ्यता, प्रदेश सदस्य अनिल राई, गाउँपार्टी अध्यक्ष सिताराम भट्टराई , कुसुम प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी., जिल्ला सचिवालय सदस्य भुपेन्द्र कटेल, सचिव वियस राई, माओवादी केन्द्रका नेता मुक्ति शर्मा, गुणराज कटेल लगायतले निर्वाचित समितिलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार