सोलुखुम्बु, चैत २३ । रामेछापको मन्थलीबाट २ दिनमा ७ सय २४ जना पर्यटक सोलुखुम्बु आइपुगेका छन् । काठमाण्डौंबाट रामेछापको मन्थली विमानस्थलमा आएका पर्यटकहरु शुक्रबार र शनिबार गरेर दुई दिनमा सोलुखुम्बु आइपुगेका हुन् । बिहीबारदेखि मौसमको खराबीको कारण मन्थलीमा रोकिएका मध्ये केही पर्यटकहरु सोलुखुम्बुको फाप्लु विमानस्थलमा समेत आएका छन् ।
लुक्लाको मौसममा आएको प्रतिकुलका कारणले जहाज अवतरण हुन नसकेपछि फाप्लुमा डाइर्भट गरिएको थियो । लुक्लाको मौसममा प्रतिकुल हुँदा सगरमाथा क्षेत्र घुम्न आएका पर्यटक रामेछापको मन्थली अलपत्र भएर रोकिएका थिए । सोही पर्यटकहरुलाई फाप्लुमा ल्याइएको हो ।
मन्थली विमानस्थलका कार्यालय प्रमुख हिरोण शाहले बताएका अनुसार आज भने लुक्लामा पनि केही उडान गरिएको र मौसममा पुन प्रतिकुल आएकाले फाप्लुमा नै उडान अवतरण गरिएको छ । शुक्रबार ७ वटा जहाजबाट र शनिबार ६ वटाबाट गरेर १३ जहाजबाट २ सय २१ जना पर्यटकहरु सोलुखुम्बुको फाप्लु र लुक्ला आएका उहाँले बताउनुभयो ।
यस्तै आज शनिबार भने मौसममा सुधार आए पश्चात भएको ९ वटा उडान मार्फत १ सय ५३ जना पर्यटक लुक्ला आइपुगेका छन् । यस्तै हेलिकप्टरबाट २ दिनमा ३५० भन्दा बढी पर्यटक सोलुखुम्बु भित्रिएका मन्थली विमानस्थलले जनाएको छ ।
सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरू काठमाडौंबाट रामेछापको मन्थली सम्म गाडीमा आउने र मन्थली विमान स्थलबाट जहाजमा लुक्ला जाने र आउने गर्दछन् ।
– फायल फोटो