सोलुखुम्बु, चैत २३ । सोलुखुम्बुको सोताङमा बोलेरो दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । सोताङ गाउँपालिका २ बाट जुके तर्फ जाँदै गरेको प्र. ३–०१–०२४ च ६८१४ नं को बोलेरो गाडी दुर्घटना हुँदा गाडी भित्रै रहेका सोताङ ५ की ३०/३२ वर्षीया सरिता राई गम्भीर घाइते भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
शनिबार बेलुका अन्दाजी ७ः१५ बजे तिर भएको दुर्घटनामा राई गम्भीर घाइते हुनु भएको हो । जुकेमा रोकेर सामान झार्ने क्रममा चिप्लिएर सडकबाट अन्दाजी ३ सय मिटर तल भिरमा झरी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सरितासँगै सवार रहेका १६ महिनाको छोरा रेवन राईको भने देब्रे कान र ढाड्मा चोट लागेकाले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई तत्काल उपचारको लागी दुबै जना घाईतेलाई सोताङ प्राथामिक अस्पताल सोताङ तर्फ पठाइएको छ ।
यस्तै अन्य दुई जना गाडीमा सवार सकुसल रहेको जनाइएको छ । गाडी चालक सोताङकै अन्दाजी ४३ का वर्षीय प्रेम राईलाई इलाका प्रहरी कार्यालय सोताङको नियन्त्रणमा राखिएको छ ।