अनेरास्ववियु सोलुखुम्बुको अध्यक्षमा कुलुङ, ३१ सदस्यीय कमिटि सर्वसहमत

  हिमाल समाचार
70 Shares

सोलुखुम्बु, चैत २४ । अनेरास्ववियु सोलुखुम्बुको अध्यक्षमा नरेन्द्र कुलुङ सर्वसहमत चयन हुनु भएको छ । हिजो शनिबार जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को १२ औं जिल्ला अधिवेशनबाट कुलुङको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटि गठन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा मिङमार याङजी शेर्पा र .खड्क, सचिवमा देवेन्द्र ढुङ्गेल, सहसचिवमा मिङमार शेर्पा, चाँदनी राई र भेष कुमार वि.क, कोषाध्यक्षमा दिक्षा राई, कार्यालय सचिवमा दावा शेर्पासहित ३१ सदस्यीय जिल्ला कमिटि गठन गरिएको नवनिर्वाचित अध्यक्ष कुलुङले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका पदाधिकारीसहित विभिन्न पालिकाबाट आएका विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार