सोलुखुम्बु, चैत २४ । माओवादी केन्द्र नेचासल्यान ५ को वडा सम्मेलनबाट अध्यक्षमा सन्तोष राई सर्वसहमत चयन हुनु भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ को दोस्रो वडा सम्मेलनबाट राईको नेतृत्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा कमल राई, सचिवमा संयोक राई (गोपाल), सह–सचिवमका नरेश राई र कोषाध्यक्ष अनिता राईलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा सञ्जय राई, तुलसा राई, सन्तोष राई, बसन्त राई, किरण राई र शर्मिला बि.कलाई चयन गरिएको समितिका अध्यक्ष राईले बताउनुभयो ।
वडा सम्मेलन जेष्ठ सदस्य इन्द्र्बहादुर राईको अध्यक्षता, गाउँपार्टी इन्चार्ज केशर राईको प्रमुख आतिथ्यतामा भएको थियो । प्रदेश सदस्य अनिल राई, गाउँपार्टी अध्यक्ष सिताराम भट्टराई, जिल्ला सचिवालय सदस्य भुपेन्द्र कटेल, सचिव वियस राई, माओवादी केन्द्रका नेता सबिना राई, बम बाँस्तोला लगायतले निर्वाचित समितिलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।