सोलुखुम्बुका दुई शेर्पा हिउँपहिरोमा बेपत्ता, खोजी कार्य जारी

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु, चैत २५ । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिनुभयो ।

आधार शिविरमा रहेका अन्य शेर्पाहरू र काठमाडौंबाट प्रभु हेलिकप्टर बाट आएको टोलीले उनीहरूको खोजी कार्य गरिहेको म्यादी प्रहरीले जनाएको छ ।

पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार