माओवादी केन्द्र नेचासल्यान २ को दोस्रो वडा सम्मलेन सम्पन्न, अध्यक्षमा राई र सचिवमा कार्की

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु, चैत २५ । नेकपा (माओवादी केन्द्र) ले सोलुखुम्बुको नेचासल्यान २ को दोस्रो वडा सम्मलेन सम्पन्न गरेको छ । आज सोमबार नेचासल्यान गाउँपालिका २ नम्बर को दोस्रो वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सम्मेलनले अध्यक्षमा डिकबहादुर राई अध्यक्ष र सचिवमा बालकुमार कार्कीसहित १७ सदस्यीय वडा समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा सिंग बहादुर राई, महेन्द्र कुमार राई र जन्मे सार्की, सह– सचिवहरुमा खिल कुमार दमाई, किशोर राई र किशोर कार्की तथा कोषाध्यक्षमा लक्ष्मी भुजेललाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा सरिता राई, चण्डिका प्रसाद निरौला, मुना राई, मन्जु नेपाली, प्रबिण राई, डिक बहादुर नेवार, निर कुमार राई र किसान बाबु राई रहेको बताइएको छ । यस्तै २ नं वडा वाइसिएलको संयोजकमा भानुभक्त सार्कीको अध्यतामा कमिटी गठन गरेको जनाएको छ ।

वडा सम्मेलन आयोजक समितिका संयोजक डिकहादुर राईको अध्यक्षता, प्रदेश सल्लाहकार रामेश्वर कार्कीको प्रमुख आतिथ्यता, गाउँपार्टी इन्चार्ज केशर राई, प्रदेश सदस्य अनिल राई, प्रदेश सल्लाहकार रामेश्वर कार्की, गाउँपार्टी अध्यक्ष सिताराम भट्टराईको उपस्थितमा सम्पन्न भएको छ ।

कुसुम प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी., जिल्ला सचिवालय सदस्य भुपेन्द्र कटेल, सचिव वियस राई, माओवादी केन्द्रका युवा नेता सोहरी ढुंगाना, युवराज राई, सुजन राई, बम बाँस्तोला, ओम राई साथै एकिकृत अखिल नेपाल शिक्षक संगठन नेचासल्यानका अध्यक्ष मनु राई, शिक्षक नेता मोहनमणि राई लगायतले निर्वाचित समितिलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार