शिक्षक आन्दोलनलाई सोलुखुम्बुका युवा नेताहरुको समर्थन

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु, चैत २५ । शिक्षा विधेयक जारि गर्नुपर्ने लगायतका मागहरु राखेर आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलनलाई सोलुखुम्बुका युवानेतहरुले समर्थन जनाएका छन । आज सोलुखुम्बुबाट आन्दोलनमा सहभागी हुन आएका शिक्षकहरुको उपस्थितिमा काठमाडौ आन्दोलन को समिक्षात्मक अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरि युवा नेताहरुले ऐक्यबद्धता जनाएका हुन ।

कार्यक्रम वोल्दै नेपाली काङ्ग्रेस सोलुखुम्बुका प्रशिक्षण विभाग प्रमुख दावागेलु पाख्रिन राजुले शिक्षकले उठाएका माग जाहेज भएकाले सरकारले समयमै संवोधन गर्नुपने बताउनुभयो । त्यस्तै नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि नवीन थापाले शिक्षहरुका मागका विषयमा सरकार संवेदनशील नहुदा समग्र विध्यालय शिक्षा तहसनहस भएकोले तत्काल वार्ता द्वारा समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

सोहि कार्यक्रम वोल्दै ने वि सङ्घका केन्द्रीय सदस्य बाबुराम आचार्यले शिक्षकको आन्दोलन प्रति ने वि सङ्घ केन्द्रीय समितिको पनि पुर्ण समर्थन रहेको र शिक्षक समाजको ज्योति भएकाले निजामती कर्मचारी सरह सेवा सुविधा पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस कोशि प्रदेस सम्मेलन सदस्य कैलास केसि नेपाल शिक्षक संघ कोशि प्रदेश कार्य समितिका उप महासचिव (अर्थ) लक्ष्मण कार्की, शिक्षक महासंघ सोलुका अध्यक्ष जनक थापा, शिक्षक संघका अध्यक्ष मदन राई, शिक्षक संगठनका अध्यक्ष खिलक कार्कि, राष्ट्रिय शिक्षक संगठनका रोलकुमार वस्नेत, आन्दोलन परिचालन समिति सोलुखुम्बु संयोजक प्रकाश राई लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार