मोलुङ गाउँपालिका ओखलढुंगाको निणर्य : सरकारी कर्मचारीले सरकारी विद्यायलमा छोराछोरीलाई पढाउनुपर्ने

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु, चैत २६ । ओखलढुंगाको मोलुङ गाउँपालिकाले सरकारी कर्मचारीले सरकारी विद्यालयमा छोराछोरीलाई पढाउनुपर्ने निणर्य गरेको छ । गाउँपालिकाले आज मंगलबार एक सूचना निकाल्दै यस्तो निणर्य गरेको हो ।

गत फागुन १२ गतेको कार्यपालिका बैठकको निणर्य ५ बमोजिम गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि, कार्यरत शिक्षक, तथा कर्मचारीका सन्ततिहरुलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने गरी निर्णय भएको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।

साथै उक्त विषय मोलुङ गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रममा पनि समावेश भएकोले सोही अनुरुप निर्णय कार्यान्वयन गराउने सम्बन्धमा गाउँपालिका अध्यक्ष उत्तम राईको आदेश अनुसार जानकारी गराइएको पालिकाका प्रमुख प्रसाशकिय अधिकृत सन्तोष गौतमले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार