सुनको भाउमा फेरि कीर्तिमान : तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँ

  हिमाल समाचार
70 Shares

सोलुखुम्बु, चैत २८ । आज सुनको भाउमा अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज एकैदिन सुनको भाउ तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । गएको बिहिवार सुनको भाउ एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता लगातार घटिरहेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँले बढेर एक हजार नौ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ३५ रुपैयाँ कायम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार