सोलुखुम्बु, चैत २९ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले ३२ लाख बढी राजस्व संकलन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखी हालसम्ममा ३२ लाख २ हजार ८८ रुपैयाँ राजस्व संकलन गरेको हो ।
पालिकाले सम्पति कर वापत ११ हजार १ सय, भूमीकर/मालपोतबाट ६ लाख ७९ हजार २ सय ७७, वहाल कर ४३ हजार ६ सय १०, व्यवसायीले भुक्तानी गर्ने कर २ लाख ७१ हजार ९ सय ५० र व्यवसायबाहेक अन्य भुक्तानीबाट ४३ हजार रुपैयाँ संकलन भएको पालिकाका राजस्व शाखा प्रमुख सुजन खनालले बताउनुभयो ।
यस्तै कृषितथा पशुजन्य वस्तुको व्यावसायिक कारोवारमा लाग्ने कर २ लाख ४ हजार ६ सय, अन्य कर ५ लाख १९ हजार ७ सय, अन्य सेवा शुल्क तथा बिक्रीबाट ४ हजार ८ सय, न्यायिक दस्तूर वापत २३ हजार ७ सय, परीक्षा शुल्क १ लाख ५६ हजार ५ सय ३० र यातायात क्षेत्रको आम्दानी ३ लाख ३६ हजार २ सय ८३ रहेको पालिकाले जनाएको छ ।
यस्तै अन्य प्रशासनिक सेवा शुल्क ३ लाख ४८ हजार ६ सय १०, सिफारिश दस्तुर १ लाख ४ हजार ८ सय, व्यक्तिगत घटना दर्ता दस्तुर १ लाख ४४ हजार ८ सय, नाता प्रमाणित दस्तुर, अन्य दस्तुर, व्यावसाय रजिष्ट्रेशन दस्तुर, न्यायिक दण्ड, जरिवाना र जफत, व्यवसाय कर, बेरुजु र दहत्तर बहत्तर शुल्कसहित ३ लाख ६९ हजार ४ सय ४३ रुपैयाँ गरेर कुल ३२ लाख २ हजार ८८ रुपैयाँ राजस्व संकलन भएको पालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।