सोलुखुम्बु, चैत २९ । सरकारलाई ध्यानाकर्षण गराउन मन्त्रालय पुगेको आन्दोलित शिक्षकहरुको दाबी रहेको छ । हिजो विहिबार आन्दोलन समितिका संयोजक नानुमाया पराजुलीको संयोजकत्वमा सरकारलाई ध्यानाकर्षण गराउन आफूहरु मन्त्रालय पुगेको उनीहरुले दाबी गरेका छन् ।
वार्तामा कुन अवस्थामा केका लागि र किन बोलाउने भन्ने विषयमा बुझ्नको लागि पराजुलीको नेतृत्वमा सरकारसँग गएको नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन कुमार राईले बताउनुभयो । सरकारले बर्खे अधिवेशन, अध्यादेश वा विशेष अधिवेशन बोलाएर भए पनि माग पुरा गर्नु पर्ने उनीहरुको दाबी रहेको छ ।
आन्दोलित शिक्षकहरुले २४ बुँदामा शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै सरकारलाई ध्यानाकषर्ण बुझाएका हुन । विगतका दिनमा जस्तो आश्वासनका भरमा आन्दोलन फिर्ता नहुने उनीहरुको दाबी रहेको छ । गत २० गतेदेखी देश भरका ४ लाख भन्दा माथि शिक्षकहरुले काठमाण्डौंमा आन्दोलन गरिरहेका छन् ।
शिक्षकहरुको आन्दोलनले भने नयाँ शैक्षिक शत्रमा हुने भर्ना अभियान र असारको पहिलो हप्ता प्रकाशन गरिने भनिएको माद्यमिक परीक्षा (एसइई)को नतिजा प्रभावित हुन सक्ने देखिएको छ ।