सोलुखुम्बुमा तीन वर्षको अवधीमा चट्याङबाट एक जनाको मृत्यु

  हिमाल समाचार
658 Shares

सोलुखुम्बु, चैत २९ । सोलुखुम्बुमा तीन वर्षको अवधीमा चट्याङबाट एक जनाको मृत्यु भएको छ । जिल्लामा तीन वर्षको अवधीमा चट्याङबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लक्ष्मण गिरीले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय सुजन तामाङको चट्याङ लागेर मृत्यु भएको छ । प्रहरी निरीक्षक एवं सूचना अधिकारी गिरीका अनुसार आर्थिक वर्ष २०८०/८१ र ८१/८२ को हालसम्म चट्याङका कारण कसैले पनि ज्यान गुमाएका छैनन् ।

चट्याङकै कारण देशभर वार्षिक ८० देखी सय जनाले ज्यान गुमाउने गरेका छन् भने उतिकैको संख्यामा घाइते हुने गरेको एक तथ्यांकले देखाएको छ ।

विशेष गरेर वसन्त यामको चैत, बैशाख र वर्षा यामको साउन, भदौ महिनामा अन्य महिनाको तुलनामा बढी चट्याङ पर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार