सोलुखुम्बु, चैत २९ । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले राजस्व ३० लाख बढी राजस्व संकलन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखी फागुन मसान्तसम्ममा ३० लाख १८ हजार ५ सय ७० रुपैयाँ राजस्व संकलन गरेको हो ।
उक्त राजस्व पालिकाको र पालिकाका ९ वडासहितको भएको लेखा अधिकृत तिर्थराज कटेलले बताउनुभयो । उहाँका अनुसार पालिका र ९ वडासहितको साउनमा ७ लाख ६८ हजार १ सय ६१, भदौमा २ लाख ९१ हजार ६ सय ३५, असोजमा १ लाख ७५ हजार ६८, कार्तिकमा १ लाख ५४ हजार २ सय ६५ र मंसिरमा ४ लाख २७ हजार २ सय २६ रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै पुसमा २ लाख ८६ हजार ७५, माघमा ६ लाख २७ हजार ५ सय ६ र फागुनमा २ लाख ८८ हजार ६ सय ३२ रुपैयाँ राजस्व संकलन भएको पालिकाले जनाएको छ । पालिकाले राखेको लक्ष्य अनुसार राजस्व संकलनलाई तिव्रता दिइएको छ ।