सोलुखुम्बु, चैत ३१ । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा दुई दिन निःशुल्क दन्त शिविर हुने भएको छ । माप्यदुधकोशी गाउँपालिका २ मा रहेको प्राथमिक अस्पताल खास्तापमा यहि बैशाख ६ र ७ गते शिविर हुने भएको हो ।
उक्त शिविरमा दक्ष अनुभवी तथा विशेषज्ञ दन्त चिकित्सक तथा दन्त स्वास्थ्यकर्मीको संलग्नतामा दाँत निकाल्ने, दाँत भर्ने र सफा गर्ने आयोजकले जनाएको छ ।
गाउँ गाउँमा दाँतको समस्याले पिडित भएकाहरुका लागि यस शिविरले फाइदा गर्ने विश्वास लिइएको छ । शिविर माप्य दुधकोशी गाउँपालिका र सोलुखुम्बु डेन्टल क्लिनिकको आयोजनामा हुन लागेको हो ।