सोलुखुम्बु आउदै गरेको टिपर ओखलढुंगामा दुर्घटना, चालक र सहचालक घाइते

  हिमाल समाचार
315 Shares

सोलुखुम्बु, चैत ३१ । सोलुखुम्बु आउदै गरेको टिपर सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुंगामा दुर्घटना भएको छ । मिर्चैयाबाट सिमेन्ट लिएर सोलुखुम्बु आउदै गरेको ना ७ ख ५९८४ नम्बरको टिपर अनियन्त्रित भई मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा टिपर चालक उदयपुरको कटारी नगरपालिका ४ बस्ने २३ वर्षीय अम्बर राउतको टाउकोमा चोट लागेको र सहचालक सोही ठाउँका १९ वर्षीय आशिस पुलामी मगरको टाउको, कम्मर र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाका प्रहरी नायव निरीक्षक आशिष काफ्लेले बताउनुभयो ।

दुवै जना घाइतेलाई उपचारका लागि जनसेवा पोलिक्लिनिक घुर्मी उदयपुर पश्चात थप उपचारका लागि कटारी पठाइएको छ । घाइते दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उक्त टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको बताइएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार