सोलुखुम्बुको लोखिममा आफ्नै बाबुद्वारा छोरीलाई धारिलो हतियार प्रहार

  हिमाल समाचार
1.9k Shares

सोलुखुम्बु, बैशाख ४ । सोलुखुम्बु जिल्लाको लोखिममा आफ्नै बाबुले छोरीलाई धारिलो हतियार प्रहार गरेका छन्। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका ३२ वर्षीय चाम कुमार तामाङले पाँच बर्षीया छोरीलाई आज बिहिबार धारिलो हतियार प्रहार गरेका हुन् ।

बाबुको धारिलो हतियार प्रहारबाट छोरीको अवस्था गम्भीर रहेको लोखिमका वडा अध्यक्ष सन कुमार तामाङले बताउनुभयो । उहाँका अनुसार छोरीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि पालिका अस्पताल दुधकोशीमा पठाइएको छ ।

छोरीको कान भन्दा माथि कन्चड, देब्रे गाला भन्दा माथि र पुरपुरो लगायतका ठाउँमा चोट पुगेको बताइएको छ । खुकुरी प्रहार गर्ने बाबु फरार रहेकाले खोजी  गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार