सोलुखुम्बु, बैशाख ४ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि २ सय ७७ जनालाई अनुमति प्रदान गरिएको छ । पर्यटन विभागले हालसम्ममा २७ समूहका २ सय २७ जना पुरुष र ५० महिलालाई अनुमति प्रदान गरेको हो । पर्वतारोहण शाखाका अधिकृतका अनुसार अनुमति लिनेबाट ४१ करोड २१ लाख ५८ हजार १ सय ७८ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
मंगलबारसम्म सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि ४ सय ९८ जना र १ सय ३४ जना महिला गरेर कुल ६ सय ३२ जनाले अनुमति लिएका छन् । उनीहरु ६७ समूहका भएका पर्यटन विभागले जनाएको छ ।
सगरमाथा पछि धेरै अन्नपूर्ण हिमालका लागि ६६ जनाले अनुमति लिएका छन् । ६ सय ३२ जनाबाट कुल ४६ करोड ७७ लाख ७४ हजार ९९ सय रुपैयाँ रोयल्टी संकलन भएको छ ।