खुकुरी प्रहारबाट घाइते बालिकालाई थप उपचारका लागि काठमाण्डौं रेफर

  हिमाल समाचार
532 Shares

सोलुखुम्बु, बैशाख ४ । लोखिमकी खुकुरी प्रहारबाट घाइते भएकी बालिकालाई थप उपचारका लागि काठमाण्डौं रेफर गरिएको छ । आज बिहिबार बिहान आफनै बाबुले खुकुरी प्रहार गर्दा घाइते बनेकी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमकी ५ वर्षीया बालिका पवित्रा तामाङलाई काठमाण्डौैं रेफर गरिएको हो ।

३२ वर्षीय बुवा चाम कुमार तामाङले आफ्नै छोरीलाई खुकुरी प्रहार गरेको लोखिमका वडा अध्यक्ष सन कुमार तामाङले बताउनुभयो । घाइते बालिकालाई उपचारका लागि दुधकोशी प्राथमिक अस्पतालमा पठाइएको भए पनि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं पठाइएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

नागरिकको जिवन बचाउने स्थानिय सरकारको दायित्व वहन गर्दै घाइतेको उपचारको लागि पालिकाले हेलिकप्टर चार्टर गरेर काठमाण्डौं पठाइएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

छोरीलाई घाइते बनाउने बाबु फरार रहेकाले खोजी कार्य भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । बाबुको खुकुरी प्रहारबाट छोरीको कान भन्दा माथि कन्चड, देब्रे गाला भन्दा माथि र पुरपुरो लगायतका ठाउँमा चोट पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार