पहिरोमा घर गुमाएका गोराखानी र टाप्टिङका पिडितलाई राहत प्रदान

  हिमाल समाचार
833 Shares

सोलुखुम्बु, बैशाख ५ । गत असोजमा पहिरोमा परेर घर गुमाएका गोराखानी र टाप्टिङका पिडितलाई सोलुदुधकुण्ड नगरपालिकाले राहत प्रदान गरेको छ । गत असोज महिनामा अविरल बर्षाका कारण घर गुमाएका परिवारलाई पुन निमार्णका लागि आज शुक्रबार २ लाख ५० हजार रुपैयाँका दरले राहत प्रदान गरेको हो ।

सोलुदुधकुण्ड नगरपालिका ९ र १० का ३ घर परिवारलाई २ लाख ५० हजारका दरले र २ का ४ घरपरिवारलाई १ लाख रुपैयाँका दरले राहत रकम प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

साथै वडा नम्बर ९ र १० का पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई सोही बेलामा ५० हजारका दरले राहत वितरण गरिएको थियो । बाढी पहिरोले गुमाएकाहरुले राहत पश्चात् खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार