निजामति सेवा ऐन अन्तिम चरणमा पुग्यो : रक्षामन्त्री राई

  हिमाल समाचार
602 Shares

सोलुखुम्बु, बैशाख ५ । सोलुखुम्बुबाट निर्वाचित सांसद एवं नेपाल सरकारका रक्षामन्त्री मानवीर राईले निजामति सेवा ऐन अन्तिम चरणमा पुगेको बताउनु भएको छ । शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो बताउदै
रक्षामन्त्री राईले अहिलेसम्म निजामति कर्मचारी सेवा ऐन, विद्यालय शिक्षा ऐन पारित हुन नसक्नुले यो अवस्थालाई चित्रित गरेको उल्लेख गर्नुभयो ।

उहाँले विधेयकमा केरै कुराहरु मिलिसकेको र विमति रहेका बाँकी कुरामा पनि सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । समथै उहाँले नेपाल धेरै पछि परेको कुरा सबैलाई अनुभुति भएको बताउनुभएको छ ।

रक्षामन्त्री राईले निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभइ सबैको साझा विषय भएको बताउनुभयो । उहाँले सरकारले समस्याहरु फुकाउँदै छिटो ऐनहरु पारित होस् भन्ने चाहेको बताउनुभयो । मन्त्री राईले निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार