सल्लेरीमा घटना दर्ता सम्बन्धी अन्तक्रिया आयोजना,गीति नाटक मुनामदन समेत प्रस्तुत

  हिमाल समाचार
126 Shares

सोलुखुम्बु, बैशाख ५ । सोलुुखुम्बुको सल्लेरीमा ऐतिहासिक गीति नाटक मुनामदन र घटना दर्ता सम्बन्धी प्रस्तुतीकरण तथा अन्तक्रिया आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय एवं पालिका तथा वडाका पञ्जीकरण शाखामा कार्यरत कर्मचारीलाई घटना दर्ता सम्बन्धी प्रस्तुतीकरण तथा अन्तक्रिया आयोजना गरिएको हो । मानिसले जन्म, मृत्यु विवाह, सम्बन्ध विच्छेद बसाँइ सराइ लगायतका कार्य ३५ दिन भित्र गर्नुपर्ने नियम अनुसार सोही विषयलाई नाटकबाट प्रस्तुतीकरण गरिएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंह दरबारको आयोजनामा २ दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो । मानिसले घटना घटी सकेपछि गर्ने कार्यलाई नाटकबाट प्रस्तुत गरिएको थियो । उक्त नाटकले घटना पश्चात दर्ता गर्न चाहिने कुराहरुलाई देखाएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमखु कृष्ण प्रसाद निरौलाले नाटकले सत्य तथ्य कुरा देखाएको भन्दै मनमा भएका कौतहल्ताको अन्त्य गरेको बताउनुभयो । पञ्जीकरण शाखामा कार्यरत कर्मचारीलाई यस नाटकले आगामी दिनमा कामकाज गर्न थप सहयोग गर्ने उहाँको भनाइ रहेको छ ।

यस्तै सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धी माया तामाङले कर्मचारीका लागि मात्र नभइ जनप्रतिनिधिका लागि पनि घटना दर्ता महत्वपूर्ण भएको भनाइ राख्नुभयो ।

यस्तै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले नागरिकको सेवा प्रवाहलाई जोडेर यस उक्त कार्यक्रममा सहभागी हुन पाउदा खुसी लागेको बताउनुभयो ।

जानकारी मुलक कुराहरु समय समयमा भएको खण्डमा अझै राम्रो हुने उहाँको भनाइ छ । कानुन बमोजिम व्यक्तिगत घटना दर्ता गर्न उहाँले सबैलाई आग्रह समेत गर्नु भएको छ । पञ्जीकरण सम्बन्धीका गतिविधि प्रस्तुतीकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेश कुमार केसीले गर्नु भएको थियो ।

यस्तै नेपाली संस्कृति साथमा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको चर्चित खण्डकाव्य मुना मदनको बारेमा गीति नाटक समेत प्रस्तुत गरिएको थियो । नाटकबाट प्रस्तुत गरिएको कथा वस्तुमा विभिन्न कलाकारहरुले मुना मदनको गितमा अभिनय गरेका थिए ।

प्रदर्शनीयुक्त संस्कृतिका माध्यमबाट नवजागरण प्रवाह गर्ने उद्देश्यकासाथ सांस्कृतिक संस्थानको प्रस्तुति, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोग तथा विभिन्न सरकारी एवम् गैरसरकारी निकाय बीच समन्वय रहनेगरी “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवद्र्धन, संस्कृति प्रवद्र्धनका लागि नवजागरण” भन्ने श्लोकनकासाथ जागरणमूलक सांस्कृतिक कार्यक्रम “नेपाली संस्कृति” ७ प्रदेशमा प्रदर्शन गर्ने तय गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सोलुखुम्बुका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु त्था कर्मचारीहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु लगायत अन्यको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार