सोलुखुम्बुको स्याङ्बुचेमा प्रथम राष्ट्रिय याक दिवस मनाइने

  हिमाल समाचार
385 Shares

सोलुखुम्बु, बैशाख ६ । सोलुखुम्बुको स्याङ्बुचेमा प्रथम राष्ट्रिय याक दिवस मनाइने भएको छ । उक्त दिवस भोली ७ गते आइतबार मनाइने भएको हो । उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौंमा सम्बोधन गर्ने र खुम्बु पासाङल्हामु गाउँपालिका ४ स्याङ्बुचेमा भने स्थानीय, याक पाल्ने कृषकहरुसँग मिलेर प्रथम याक दिवसलाई मनाइने कार्यालय प्रमुख डा. रुविना मर्हजनले बताउनुभयो ।

गत असोज २ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णय अनुसार बैशाख ७ गतेलाई प्रथम राष्ट्रिय याक दिवस घोषणा गरेकाले कार्यक्रम गरिन लागेको उहाँले बताउनुभयो ।

विशेष गरेर याकको जैविक, आर्थिक र सामाजिक महत्वलाई उजगार गर्नका साथै देशको याकको सरंक्षण, प्रजनन सुधार तथा हिमाली समुदायको समृद्धीमा पर्वद्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको कार्यालय प्रमुख डा. मर्हजनले बताउनुभयो ।

वि.सं. २०३० साल बैशाख ७ गते चौरी फार्मको नामले स्थापना भएको कार्यालयको नाम परिमार्जन हुँदै २०७५ साल साउन १ गतेबाट याक अनुवाशिंक स्रोत केन्द्र नाम रहेको छ ।

अनुवाशिंक स्रोत केन्द्र स्याङ्बुचेको तथ्यांक अनुसार खुम्बु क्षेत्रमा अन्दाजी सयको हाराहारीमा याक पाल्ने किसान रहेका छन् । उनीहरुले ९ सय ९६ वटा याक, ५ सय ८२ वटा नाक र १ सय ४६ वटा चौरी गरेर कुल १ हजार ९ सय ४३ वटा याक पालन गरि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार