शिक्षक आन्दोलनको प्रभाव सोलुमा पनि, विद्यालय भर्ना अभियान ठप्प

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु, बैशाख ६ । शिक्षक आन्दोलनको प्रभावले सोलुखुम्बुमा विद्यालय भर्ना अभियान ठप्प भएको छ । सोलुखुम्बुसहित देश भरका शिक्षकहरुले काठमाण्डौं केन्द्रित आन्दोलन गरेका कारणले नयाँ विद्यार्थी भर्ना अभियान ठप्प भएको हो ।

बैशाख २ गतेबाट नयाँ विद्यार्थी अभियान सञ्चालन हुने भए पनि आज ६ गते भइसक्दा पनि भर्ना अभियान ठप्प भएको छ ।सोलुखुम्बु जिल्लामा भरमा २ सय ८९ वटा विद्यालय रहेका छन् ।

जसमा १० वटा संस्थागत र २ सय ७९ वटा सामुदायिक विद्यालय रहेको छन् । शिक्षकहरुले सरकारले आफ्नो माग सम्बोधन गर्नु पर्ने भन्दै सम्पूर्ण शिक्षक आन्दोलन केन्द्रित भएकाले यस वर्षको नयाँ शैक्षिक शत्रको भर्ना अभियान नै प्रभावित भएको छ ।

गत चैत २० गतेबाट आन्दोलन सुरु गरेका शिक्षकहरुले कुनै पनि हालतमा आफ्नो माग सम्बोधन गर्नुपर्ने र माग सम्बोधन पश्चात मात्र पठन पाठन गर्ने अडान लिएका छन् । सरकारबाट यसअघि धोका पाएको भन्दै शिक्षकहरू यस पटक ऐन लिएर मात्रै फर्कने शिक्षकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार