सोलुखुम्बु, बैशाख ६ । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा आयोजित नि: शुल्क दन्त शिविरमा पहिलो दिन १ सय ३५ जनाले लिए सेवा लिएका छन् । आज शनिबार माप्यदुधकोशी गाउँपालिका २ मा रहेको प्राथमिक अस्पताल खास्तापमा सञ्चालन भएको नि: शुल्क शिविरमा १ सय ३५ जनाले लिए सेवा लिएका हुन् ।
उनीहरु मध्ये ३५ जनाको दाँत भरिएको, ३२ जनाको सफा गरिएको, २७ जनाको निकालिएको र ४१ जनाको दाँतको जाँच गरिएको सोलुखुम्बु डेन्टल क्लिनिकका सञ्चालक केबी घिमिरेले बताउनुभयो ।
शिविर सोलुखुम्बु डेन्टल क्लिनिकको आयोजना तथा माप्यदुकोशी गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको उहाँले बताउनुभयो ।
दक्ष अनुभवी तथा विशेषज्ञ दन्त चिकित्सक तथा दन्त स्वास्थ्यकर्मीको संलग्नतामा आयोजना भएको शिविरले गाउँ गाउँमा दाँतको समस्याले पिडित भएकाहरुका लागि यस शिविरले फाइदा गर्ने विश्वास लिइएको छ ।