जिल्ला हुलाक कार्यालय सोलुखुुम्बुद्वारा ४ लाख २० हजार राजस्व संकलन

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु, बैशाख ७ । जिल्ला हुलाक कार्यालय सोलुखुुम्बुले ४ लाख २० हजार ३ सय ९५ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखी चैत मसान्तसम्मको ९ महिनाको अवधीमा उक्त राजस्व संकलन गरेको हो ।

कार्यालयले टिकट बिक्री वापत ३ लाख ७ हजार ५ सय ६० रुपैया, पार्शल महशुल वापत १८ हजार ८ सय ५ र रजिष्ट्री वापत ८९ हजार ५ सय ३० रुपैयाँ र हुलाकल महशुल शिशाखोलामा ४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी उर्मिला भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार उक्त शिर्षक अन्तरगत साउनमा २७ हजार १ सय ५०, भदौमा ५३ हजार ५ सय ६५, असोजमा ३० हजार १ सय ९५, कार्तिकमा ५६ हजार ५०, मंसिरमा ३७ हजार ७० र पुसमा २९ हजार १ सय ४५ रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै माघमा ४१ हजार ३ सय २५, फागुनमा ५५ हजार ८ सय ९० र चैतमा ८५ हजार ५ सय ५ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार