सोलुखुम्बु, बैशाख ७ । नेपाली काङ्ग्रेसको सवैभन्दा ठुलो र प्रभावशाली भात्रि संगठन नेपाल विद्यार्थी संघ ५६ औ वसन्तमा प्रवेश गरेको छ । वि.सं २०२७ साल वैशाख ६ गते स्थापना भएको संघ हिजो शनिबारबाट ५६ औ वसन्तमा प्रवेश गरेको हो । यसको इतिहास जति गौरवशालि छ भविष्य पनि त्यति नै उज्ज्वल छ रहेको नेविसंघमा आवद्धहरुले बताउने गरेका छन् ।
सोलुखुम्बु जिल्लामा पनि गर्र्विलो ईतिहास सहित वर्तमानमा पनि सक्रिय रहेको छ । जिल्लाका पुर्व अध्यक्षहरु अहिले पनि विभिन्न जिम्मेवारीमा आवद्ध रहेका छन् । थुलुङ दुधकोशी गाउँपालिका ६ मा जन्मनुभएका गोकर्ण राई नेवि सङ्घ सोलुखुम्बुको संस्थापक अध्यक्षसँगै पहिलो संविधान सभाको सभाषद समते रहनु भएको छ ।
हाल हिमाल दर्शन क्याम्पस नेचाको क्याम्पस प्रमुखमा कार्यरत बसन्तकुमार शर्मा, त्रिभुवन विश्वविद्यालय एसियाली अनुसन्धान केन्द्रका प्राध्यापक पेशल कुमार निरौला, थुलुङ दुधकोशी २ का पुर्व सभापति विनोद वस्नेत, थुलुङ दुधकोशी १ का विजय थुलुङ (ओसन), थुलुङ दुधकोशी ८ का सुमन थुलुङ, थुलुङ दुधकोशी १ का पार्टीको पुर्व महाधिवेशन प्रतिनिधि वीर वहादुर गुरुङ र नेवि सङ्घको केन्द्रीय सदस्य एवं महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ नेवि संघको अध्यक्ष हुनु भएको थियो ।
यस्तै नेपाली काङ्ग्रेस सोलुखुम्बु पुर्व सचिव एवं हाल उहाँको पार्टी प्रवक्ता तथा संगठन विभाग प्रमुख चन्द्र प्रसाद आचार्य, थुलुङ दुधकोशी २ का पुर्व नेवि सङ्घ केन्द्रीय सदस्य तथा हाल पार्टीको महाधिवेशन प्रतिनिधि र तरुणदलको केन्द्रीय सदस्य नवीन थापा, महाकुलुङ १ का वडा अध्यक्ष पर्खिधन नाछिरिङ, माप्य दुधकोशी ६ का प्रेम कुमार राई, व्राईट भिजन फाउन्डेसन मा कार्यरत सोलु दुधकुण्ड नगरपालिका ९ का गेल्वु शेर्पा, महाधिवेशन प्रतिनिधि तथा थुलुङ दुधकोशी ६ का वडा अध्यक्ष महेन्द्रदिप राई र सोलु दुधकुण्ड नगरपालिका २ का पूर्व वडा अध्यक्ष मिङमार दोर्जि शेर्पा नेवि संघ सोलुखुम्बुको अध्यक्ष बन्नु भएको थियो ।
यस्तै थुलुङ दुधकोशी १ का अस्विन थापा तरुण दलको केद्रिय सदस्य, नेचा सल्यान ३ का बाबुराम आचार्य हालका नेवि सङ्घ केन्द्रीय र थुलुङ दुधकोशी २ का वडा सदस्य नवीन वस्नेत नेवि संघको अध्यक्ष हुनु भएको थियो ।
बस्नेत जनप्रतिनिधि निर्वाचित भए पस्चात नेवि सङ्घ सालुखुम्बुको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेचासल्यान २ का मोहनकृष्ण निरौलाले सम्मानु भएको छ । लामो समयदेखि विभिन्न कारणले रोकिएको जिल्ला अधिवेशन केही समयमै गर्नेगरी संगठन विस्तार अभियान भईरहेको कार्यवाहक अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।