सोलुखुम्बु, बैशाख ७ । सोलुखुम्बुको माप्यदुधकोशीमा आयोजित निः शुल्क दन्त शिविर सम्पन्न भएको छ । हिजो र आज भएको शिविर सम्पन्न भएको हो ।
माप्यदुधकोशी गाउँपालिका २ मा रहेको प्राथमिक अस्पताल खास्तापमा हिजो शनिबार र आज आइतबार गरेर २ दिन भएको निः शुल्क शिविरमा ३ सय ४१ जनाले लिए सेवा लिएका हुन् ।
उनीहरु मध्ये १ सय १३ जनाको दाँत भरिएको, १ सय ९ जनाको सफा गरिएको, १ सय ५ जनाको निकालिएको र १४ जनाको दाँतको मेडिटेशन गरिएको सोलुखुम्बु डेन्टल क्लिनिकका सञ्चालक केबी घिमिरेले बताउनुभयो । शिविर सोलुखुम्बु डेन्टल क्लिनिकको आयोजना तथा माप्यदुकोशी गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको थियो ।