विद्युत प्राधिकरणले क्षतिपुर्ती दिनु पर्ने भन्दै पन्चनका स्थानीयले बुझाए सिडिओलाई ध्यानाकर्षण

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु, बैशाख ७ । विद्युत प्राधिकरणले क्षतिपुर्ती दिनु पर्ने भन्दै सोलुखुम्बुको पन्चनका स्थानीयले सिडिओलाई ध्यानाकर्षण गराएका छन् । आज आइतबार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनोज कुमार घिमिरेलाई ध्यानाकर्षण गराएका हुन् । थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन बासीले विद्युत प्राधिकरण सोलुखुम्बुले क्षतिपुर्ती दिनु पर्ने दिनु पर्ने बताएका छन् ।

प्राधिकरणको लाहापरबाहीले गर्दा गत घरमा भएका सम्पूर्ण समानहरु जलेको भन्दै क्षतिपुर्तीको माग गरेका हुन् । गत चैत ३० गते शनिबार बेलुका एक्कासी ट्रान्सफर्मरमा आवश्यता भन्दा बढी करेन्ट आएकाले घरमा भएका लाखौं मुल्यका समान जलेको उनीहरुको भनाइ रहेको छ ।

विद्युत प्राधिकरणको लापरवाहीका कारणले साविक पंचन गा.वि.स. वडा नं.३,५,६,७,८,९ लगायतका घरघरमा उच्च भोल्टेजको विद्युत प्रवाह भई समान्य देखि बहुमुल्य (मोबाइल, मोबाइल चार्जर, नेट, टि.भी, बल्बहरु) लगायतका विद्युतीय उपकरणहरु पुर्ण तथा आंसिक रुपमा नष्ट भएको भेषराज निरौला (उद्धव)ले बताउनुभयो ।

पिडित व्यक्तिहरुले नेपाल प्रहरी काँगेल चौकीको उपस्थितीमा सबै विवरण संकलन गरी सोको विवरण एक एक प्रति प्रहरी वडा कार्यालयलाई बुझाएको उनीहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय सोलुम्बुले उपभोक्ताहरुको क्षतिपुर्ति भराईदिन साथै यथाशिघ्र विद्युत प्रशारण साइनलाई सु व्यवस्थित दिगो र भर पर्दो बनाउन पहल गरिदिनु पर्ने केशव कोइरालाले बताउनुभयो ।

यता नेपाल विद्युत प्राधिकरणले भने एक्कासी भोल्टेज बढेर आएकाले उक्त घटना भएको जनाएको छ । कानुन अनुसार पिडितहरुलाई भने प्राधिकरणले क्षतिपुर्ती दिन नसक्ने नेपाल विद्युत प्राधिकरण सोलुखुम्बुका प्रमुख अशेश्वर कुमार यादवले बताउनुभयो । भोल्टेज बढी भएको जानकारी आफूलाई ढिलो भएकाले क्षति भएको उहाँले बताउनुभयो ।

उच्च भोल्टेजको विद्युत प्रशारण भएको समयमा हावाहुरि, पानी चट्याङ कुनै नभएको र मौसम सफा रहको पिडितहरुले बताएका छन् । एक दूई घर मात्र नभई ७४ घर परिवारले उच्च भोल्टेजले क्षति व्यर्होनु परेको उनीहरुको भनाइ रहेको छ । प्राधिकरणले आफ्नो मागलाई सम्बोधन नगरेको खण्डमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार