सोलुखुम्बु, बैशाख ७ । ओखलढुंगाको मोलुङ गाउँपालिकाले रनिङ शिल्ड विजेतालाई खेलाडीलाई सम्मान गरेको छ । आज आइतबार मोलुङ गाउँपालिकाका सामाजिक विकास समिति संयोजक एवम् वडा नं. ८ अध्यक्ष सुधिर राईको अध्यक्षता जिल्ला स्तरीय राष्ट्रपति रानिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्ने खेलाडीहरूलाई प्रमाणपत्र, नगद र खादाले सम्मान गरिएको हो ।
पालिका अध्यक्ष उत्तम राईको प्रमुख अतिथित्यतमा सम्पन्न उक्त कार्यक्रममा, उपाध्यक्ष उर्मिला खतिवडा,अतिथि प्रमुख प्रशासकीय अधिकृत ओशो कर्ण, प्रवक्ता हेम बहादुर सुनुवार, सम्पूर्ण वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु साथै कर्मचारीहरुको उपस्थिति रहेको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।