सगरमाथा आरोहणका लागि ३४६ जनालाई अनुमति, ५१ करोड बढी रोयल्टी संकलन

  नवराज सिग्देल
112 Shares

सोलुखुम्बु, बैशाख ८ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ३ सय ४६ जनालाई अनुमति प्रदान गरिएको छ । पर्यटन विभागले हालसम्म ३३ समूहका २ सय ८० जना पुरुष र ७७ महिलालाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको हो ।

पर्वतारोहण शाखाका अधिकृतका अनुसार अनुमति लिनेबाट ५१ करोड ५९ लाख ९ हजार ७८ रुपैयाँ रोयल्टी संकलन भएको छ । बैशाख ७ गतेसम्म सगरमाथासहित २३ वटा हिमाल आरोहणका लागि ८ सय ३१ जनाले अनुमति लिएका छन् । जसमा ६ सय ५० जना पुरुष र १ सय ८१ जना महिला रहेका छन् ।

उनीहरु ८६ समूहका भएका पर्यटन विभागले जनाएको छ । सगरमाथा पछि सबैभन्दा बढी लोत्से हिमाल आरोहणका लागि ९४ जनालाई अुनमति प्रदान गरिएको छ ।

यस्तै आमादब्लन हिमाल आरोहणका लागि ८०, अन्नपूर्ण र मकालुका लागि ६६/६६ जनाले अनुमति पाएका छन् । ८ सय ३१ जनाबाट कुल ५९ करोड ८३ लाख ९४ हजार ४ सय ७९ रुपैयाँ रोयल्टी संकलन भएको छ । आरोहीहरु ७१ देशका रहेका पर्यटन विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार