खोटाङ रावा बेसीका कार्यालय सहयोगी रेग्मी मृत अवस्थामा फेला

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु, बैशाख ८ । खोटाङ रावा बेसी गाउँपालिका कार्यालय सहयोगी महेश रेग्मी मृत अवस्थामा फेला छन् । सोही गाउँपालिका–१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको कुनामा आज सोमबार मृत भेटिएका सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयोे ।

रेग्मी गोरेटो बाटोबाट करिब ८, ९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो ।

मृतक रेग्मी हिजो राति दाजुको घरबाट करिब ८ः ३० बजेको समयमा हिँडेको जानकारी पाइएको वडाध्यक्ष राईको भनाइ छ । उनको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले बताउनुभयो । रेग्मीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार