सोलुखुम्बुका तीन निजामति संगठनले बुझाए संघीय ऐन जारी गर्न सयुंक्त ज्ञापन– पत्र

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु, बैशाख ८ । सोलुखुम्बुका तीन निजामति संगठनहरुले संघीय ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत सभामुखलाई सयुंक्त ज्ञापन–पत्र बुझाएका छन् । आज सोमबार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेलाई सभामुख देवराज घिमिरे समक्ष पु¥याउन माग गर्दै उक्त ज्ञापन–पत्र बुझाएका हुन् ।

नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले सयुंक्त ज्ञापन– पत्र बुझाएका हुन् । उक्त ज्ञापन– पत्रमा ११ वटा बुँदाहरुमा समावेश गरिएको माग यथाशिघ्र सरकारले सम्बोधन गर्नु पर्ने नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बु अध्यक्ष केशव ढुंगानाले बताउनुभयो ।

आज देशका ७७ वटै जिल्लाका कर्मचारी युनियनहरुले एकै साथमा प्रमुख जिल्ला अधिकारी मार्फत आफ्ना माग पुरा गर्नका लागि सरकारलाई ज्ञापन– पत्र बुझाएको उहाँले बताउनुभयो ।

तीन वटै कर्मचारी संगठनहरुले यसअघि सरकारसँग भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।

तीन कर्मचारी संगठनले ११ बुँदे मागहरु हेर्नुस् 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार