सोलुखुम्बुको गार्मा वडा कार्यालयको राजस्व ८ लाख ७० हजार

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु, बैशाख ८ । सोलुखुम्बुको गार्मा वडा कार्यालयले ८ लाख ७० हजार ४ सय ८८ रुपैयाँ राजस्व संकलन गरेको छ । सोलुदुधकुण्ड नगरपालिका ७ नम्बर वडा कार्यालय गार्माले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखी चैत मसान्तसम्मको अवधीमा उक्त राजस्व संकलन गरेको हो ।

भूमि कर (मालपोत) बाट ३ लाख ७४ हजार १ सय ३८, घर बहाल कर २० हजार ८ सय, व्यवसाय कर २३ हजार, सेवा शुल्क दस्तुर २ लाख १७ हजार ४ सय, तरकारी र फलफुल कर ३ सय र पर्यटन उद्योग शुल्क २ हजार रुपैयाँ संकलन भएको गार्माका वडा सचिव रमेश कार्कीले बताउनुभयो ।

यस्तै काष्ठ उद्योग, काठचिरान तथा निकासाका लागि सिफारिस शुल्क २ लाख १२ हजार ८ सय ५०, वित्तीय संस्थाहरुका शुल्क २ हजार ५ सय, गैर सरकारी संस्था सूचिकृत दर्ता, नविकरण तथा कार्यक्रम स्वीकृति शुल्क १ हजार र अन्य विषयमा कर तथा शूल्क १६ हजार ५ सय रुपैयाँ गरेर जम्मा ८ लमख ७० हजार ४ सय ८८ रुपैयाँ राजस्व संकलन भएको वडा कार्यालय गार्माले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार